२५ असोज, काठमाडौं । संकटका बेला नेपालमा इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन् । नेपाल आयल निगमले छोटो समयका लागि इन्धन आपूर्ति गर्न मागेको आशयपत्रमा २० कम्पनीले इच्छा देखाएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
‘निगमलाई छोटो समयका लागि इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन्,’ प्रवक्ता बरालले भने ‘अब उनीहरुको प्रस्ताव मूल्यांकन गरी चाँडै निर्णय गछौं ।’
निगमले गत बिहीबार एक सार्वजनिक सूचना जारी गरी १५ दिन सम्मका लागि इन्धन आपूर्ति गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4