२५ असोज, जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजयादशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ ।
मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण वित्तीय सङ्घसंस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय सङ्घसंस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो ।
यसअघि निरन्तर बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका थिएनन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4