राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आज निजी सवारी साधनलाई पेट्रोल दिने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा आज निजीलाई पेट्रोल, सरकारको पहिलो निर्णय-तुइन विस्थापन, निजी क्षेत्र उत्साहित, २ महिनामै १६ अर्ब भन्सार राजश्व गुम्यो, बन्द र इन्धन अभावले बैंकका सेवा कटौती, काम गर्ने उमेरका सवा १० करोड अमेरिकी बेरोजगार लगायतका खबर छन् ।
अभियान दैनिकमा २ दशकपछि विद्युत माग ६ हजार मेगावाट, दर्तावाल लेखापरीक्षकलाई पनि चार्टर्ड एकाउन्टेन्सी शिक्षा अनिवार्य, मोबाइलमा भर्चुअल सेवाप्रदायक भित्र्याउने तयारी, नीतिगत रुपमा कठोर बन्दै बिमा ऐन, इन्धन अभावले बढयो साइकलको बिक्री, मधेस आन्दोलनका कारण मध्य तराईको बैंकिङ कारोबार ठप्प लगायतका खबर छन् ।
नागरिक दैनिकमा समस्याग्रसत वित्तीय संस्था खरिदमा आकर्षण, सर्वसाधारणलाई आज पेट्रोल, जहाजले ओसार्दा तेल सस्तो, भारतीय पेट्रोल पम्पमा नेपालीको घुइँचो, जलविद्युतमा एनआरएन लगानी गफमात्रै, सवा ८ लाख केजी अदुवा र बेसार आयात लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा अशक्त हुन थाल्यो अर्थतन्त्र, तराईमा दुई महिनापछि बैंक खुल्यो, बाइकलाई पाँच र कारलाई १५ लिटर इन्धन, रेष्टुरेन्टका ५० प्रतिशत मेनु कटौती लगायतका खबर छन् ।
नयाँ पत्रिकामा बिहीबारदेखि दसैंका खसी, तराई बन्द खुलोस्-राहत प्याकेज आओस्, लामो दूरीका बसले इन्धन पाएनन्, स्याङजामा शीतभण्डार निर्माण शुरु लगायतका खबर छन् ।
प्रतिक्रिया 4