Comments Add Comment

दयाहाङको लडाकुप्रेम

Dayahang-Raiकाठमाडौं । चलचित्र ‘वडा नम्बर ६’ हेर्नेहरुले दयाहाङ राइलाई बिर्सदैनन् । चलेका हाँस्य कलाकारको भीडमा उभिएका दयाहाङले ससस्त्र युद्धको चेपमा परेको एउटा तन्नेरको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रको विषय अनुसार उनको चरित्र पनि मौलिक भएकै कारण चलेका हाँस्य कलाकारको विचमा उभिएर पनि आफ्नो चरित्रलाई उचो बनाएका छन् उनले ।

माओवादीले सुरु गरेको शसस्त्र युद्धसँग सम्बन्धित विषयमा फिल्म बनाउन चाहने कुनै पनि निर्देशकले दयाहाङको उपस्थिती विना फिल्म बनाउने योजना पुरा गर्न सक्दैनन् । कहिले लडाकुको पक्षमा त कहिले विपक्षमा । धेरै थरी चरित्र निर्वाह गरेका छन् उनले ।

‘वडा नम्बर छ’मा मात्रै सिमित छैन उनको यो लडाकु प्रेम । टलकजंग भर्सेज टुल्केदेखि त्यान्द्रोसम्म आईपुग्दा दयाहाङले धेरै खाले लडाकुको चरित्र निर्वाह गरेका छन् ।

रिलमा मात्रै होईन केही पटक रंगमञ्चमा पनि छरपष्ट भएको छ उनको लडाकुप्रेम । उनकै अभिनय रहेको ‘त्यान्द्रो’ को टे्रलर सार्वजनिक भएपछि फेरि उनको लडाकु चरित्रका विषयमा चर्चा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment