Comments Add Comment

लाइन बसेका एक तिहाइभन्दा बढी सवारीले तेल नपाउने

pretrol ko line (17)

२६ असोज, काठमाडौं । नेपाल आयल निगमले तेल भर्न लाइनमा बसेका सबै निजी सवारीलाई तेल दिन नसकिने बताएको छ ।

आज मंगलबार काठमाडौंमा तेल भर्नका लागि हजारौं मोटरसाइकल, स्कुटर र निजी कार/जीप लाइनमा बसेका छन् । तर, सबैलाई तेल दिन नसक्ने निगमका प्रवक्ता दीपक बरालले अनलानइनखबरलाई जानकारी दिए ।

लाइनमा बसेका झण्डै एक तिहाइभन्दा बढीलाई खाली हात फर्कनु पर्ने स्थिति आएको निगमको भनाइ छ । ‘हामीले आज काठमाडौंका सबै पम्पलाई झण्डै ६ लाख लिटर पेट्रोल दिएका हौं’ प्रवक्ता बरालले भने-‘तर, लाइनमा बसेका सवारी सबैलाई तेल दिने हो भने २० लाख लिटर पेट्रोललले पनि नपुग्ने देखियो ।’

उनले पम्पहरुले तेल भएसम्म बिक्री गर्ने र नपाउनेले खाली हातै फर्किनुपर्ने उनले बताए । ‘हामीले दशैंलाई लक्षित गरी निजीलाई पनि तेल दिएका हौं । तर, स्टकको अवस्थालाई पनि ख्याल गर्नुपर्ने भएकाले एकैदिनमा २० लाख लिटर पेट्रोल दिने कुरा सम्भव नै छैन’ प्रवक्ता बरालले भने-‘हामीले सकेको प्रयत्न गरेका हौं। अब लाइन हेरेर थप पट्रोल पम्पमा पठाउन सकिँदैन ।’

मंगलबार निगमले निजी मोटरसाइकललाई ५ लिटर र निजी कार तथा जिपलाई १५ लिटर पेट्रोल वितरण गरिरहेको छ । निगामले झण्डै २ लाख लिटर डिजेल पनि वितरणका लागि पठाइएको प्रवक्ता बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment