आमाबाबुको पहिलो सन्तानमा आँखाको दृष्टि सम्बन्धी समस्या अन्य सन्तानमा भन्दा बढि देखिने एक अध्ययनले देखाएको छ ।
बेलायतको कार्डिफ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार पहिलो बच्चामा मायोपिया अर्थात् टाढाको धमिलो देख्ने आँखाको समस्या बढि देखिने गरेको छ ।
खासगरी पहिलो बच्चालई बावुआमाले पढ्नमा बढि जोड दिने भएकाले पनि बच्चा सानै उमेरदेखि पढाइ लेखाइमा अत्यधिक लाग्ने र त्यसले आँखाको दृष्टिमा प्रभाव पार्ने शोधकर्ता बताउँछन् । शोधकर्ता जेरेमी गुगेनहेइमका अनुसार पछिल्लो अनुसन्धानले शिक्षा र अदूरदृष्टि दोषबीच सम्बन्ध रहेको देखाएको छ ।
शोधकर्ताहरुले आफ्नो अध्ययनको क्रममा ४० देखि ६९ वर्ष उमेरका ८९ हजार मानिसलाई सहभागी गराएका थिए ।
अध्ययन अनुसार जेठो बच्चा परिवारको अन्य बच्चा भन्दा मायोपियाको सिकार हुने सम्भावना १० प्रतिशत बढि पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4