३० असोज, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आफ्नो भारत भ्रमणका क्रममा सीमानाकामा देखिएको अवरोध अन्त्य गर्न प्रयास गर्ने बताएका छन् ।
उपप्रधानमन्त्री थापासहितको उच्चस्तरीय टोली केहीबेरमा दिल्ली प्रस्तान गर्दैछ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निम्तोमा भारत जान लागेका परराष्ट्रमन्त्री थापाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने- केही समययता सीमा नाकाहरुमा देखिएको असहजताका कारण आपूर्तिमा भएको अपरोधको उचित सम्बोधनको प्रयास हुनेछ ।’
भिडियो
मन्त्री थापाले आफू तीन करोड नेपालको सद्भाव लिएर भारत जान लागेको समेत बताएका छन् । भ्रमणका क्रममा दुई देशको हितका विषयमा कुराकानी हुने भन्दै उनले नाकामा देखिएको अवरोध अन्त्यको प्रयास हुने बताए ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे समेत प्रारम्भिक कुराकानी हुने उनले बताए । उनका अनुुसार भ्रमणका क्रममा उच्च राजनीतिक नेताहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4