+
+
Shares

यूएईबाट “फ्रेन्डशिप च्यारिटी फण्ड” को स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ८:३७

यूएई । रोजगारीको सिलसिलामा यूएईको मिडिल इस्ट कम्पनीमा कार्यरत नेपालीहरुको पहलमा  “फ्रेन्डशिप च्यारिटी फण्ड” नामको एक परोपकारी कोष स्थापना गरिएको छ ।

स्याङ्जा माँझकोट स्थायी निवास भइ हाल सो कम्पनीमा कार्यरत गुप्तबहादुर गुरुङको प्रस्तावनामा स्थापना गरिएको उक्त कोषको संस्थापक/संरक्षक पनि गुरुङ नै छन् ।

UAEयूएईको अल ऐनमा गैर आवासीय नेपाली संघ यूएई अल ऐन क्षेत्रीय समितिका सचिव जे सागरको प्रमुख आतिथ्य तथा गायक प्रविण लामाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा कोषको फेसबुक पेज सार्वजनिक गरिएको थियो ।

“सेवा हि परमोधर्म” भन्ने मुल मन्त्रबाट अभिप्रेरित भइ दिन दु:खी, अशक्त, असहाय, दैवीप्रकोपबाट पीडित लगायत आवश्यकता परेको ठाउँमा नैतिक भौतिक तथा आर्थिक सहयोग पुर्याउने हेतुले यो कोषको स्थापना गरिएको संस्थापक गुरुङले बताए ।

उनले आफ्नो मन्तब्यको क्रममा अलेक्जेण्डरले पनि आफू मरेपछि शव लैंजादा हात बाहिरै राखिदिनु ता कि दुनियाँले देखुन विश्व सम्राटले पनि मर्दा त खाली हात नै जानुपर्दोरहेछ भन्ने उक्ति स्मरण गराउँदै सानो सहयोग कसैको लागि जिन्दगीको अनमोल उपहार बन्न सक्ने बताए ।

सहयोगसँगै जोडिएका मित्रतालाई कालान्तरसम्म जीवन्त राख्नु पनि कोषको अर्को उद्देश्य रहेको संस्थापक गुरुङले दोहोर्रयाए ।प्रमुख अतिथिको आसनबाट बोल्दै जे सागरले हरेक लामो यात्राको शुरूवात एक पाहिलाबाटै हुने बताउँदै पवित्र उदेश्य राखेर स्थापना गरिएको कोषको समृद्धि र सफलताको शुभकामना ब्यक्त गरे ।

परोपकारी संघ संस्था, ब्यक्तिहरुले प्रदान गर्ने सहयोग, अनुदाननै कोषको मुल आयश्रोत हुने यस अभियानमा इच्छुक जो कसैले नेपाली १०० रुपैयाँ सहयोग गरेर आवद्ध हुन सकिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?