+
+
Shares

संविधानले मधेसलाई अधिकार दिएको छ : गिरीराजमणि पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ९:२४

१ कात्तिक, महोत्तरी । स्वाभिमानी नेपाली भारतको कुनै पनि हालतमा उपनिवेश बनेर नबस्ने एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरीराजमणि पोखरेलले बताएका छन् ।

giriraj-mani-pokhrelआइतबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पोखरेलले मधेसबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसवादी दलले तराई मधेसमा आन्दोलन गरिरहेको आरोप लगाए ।

भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको भन्दै पोखरेलले भने-‘संविधान जलाउने मधेसी दलहरुले नयाँ संविधान स्वीकार गरिसके । संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा भाग लिए । हामीले ल्याएको संविधान ठीक छ ।’

नयाँ संविधानले मधेसी जनताका अधिकार खोसेको प्रचार गरेर मधेसवादी दलले मधेसी जनतामा भ्रम सिर्जना गरिरहेका भन्दै पोखरेलले अब त्यसलाई चिर्नुपर्ने बताए ।

उनले नयाँ संविधान बहुसङ्ख्यक मधेसी जनताको हितमा बनेको तर मधेसका केही ठालुहरुले नयाँ संविधानमा मधेसी जनतालाई केही पनि अधिकार छैन भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाए ।

पोखरेलले भने- ‘सीमित पहाडिया अहङ्कारवाद र मधेसका सीमित दलालहरुका हर्कतले देश गम्भीर मोडमा पुग्यो ।’ मधेसी जनतालाई संविधान राम्रोसँग पढ्न आग्रह गर्दै पोखरेलले मधेसवादी दलको भ्रममा नपर्न मधेसी जनतालाई आग्रह गरे ।

मधेसवादी दलले आगामी चुनावलाई केन्द्रित गरेर आन्दोलन गरिरहेका भन्दै उनले अहिलेका मधेसवादी दलले मधेसका बहुसङ्ख्यक श्रमजीवि मधेसी जनताको प्रतिनिधित्व गर्न नसक्ने तर्क गरे ।

एक अर्को प्रसङ्गमा बाँकी छ प्रदेशको तुलनामा दुई नं प्रदेशले मात्र सीमाङ्कन र पहिचानलाई ठीक ढङ्गले सम्बोधन गरेको पोखरेलको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?