+
+
Shares

भारतीय भूमिमा एसएसबीले नेपालीलाई कुटे

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १५:१९

Parasi

१ कात्तिक, नवलपरासी । नवलपरासीसँग सीमा जोडिएको भारतको झोलनीपुर बजारमा किनमेल गर्न गएका दुई नेपालीलाई भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटपिट गरेका छन् ।

शनिबार राति ८ बजेतिर नवलपरासी गुठीसूर्यपुरा ५ का ३२ वर्षीय अजय जैसवाल र विहारीलाल जैसवाललाई कुटपिट गरेका हुन् ।

भारतीय बजारबाट मोटरसाइकलमा २० लिटर पेट्रोल र अन्य सामाग्री लिएर र्फकदै गरेको अवस्थामा कुटपिट गरेको पीडित अजयले बताए ।

अजयका अनुसार झोलनीपुरमा रहेका सुुरक्षाकर्मीले राति साढे ८ बजेदेखि नियन्त्रणमा लिएर कुटपिट गरी नौ बजेतिर छाडेका थिए । उनीहरुसँगै रहेको मोटरसाइकल भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

कुटपिटसँगै भारतीय सीमा सुरक्षाकर्मीले गाँजा तस्कर लगायतका झुटो मुद्दामा जेल हाल्ने धम्की दिएकोसमेत जयसवालले बताए ।

उनीहरुले विहारको निर्वाचन भएकोले सीमानाका बन्द गरिएको भन्दै सीमा भारतमा नआउनसमेत बताएका थिए ।

-रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?