+
+
Shares

कविता – मेरो प्यारो सिन्धुली

मेरो प्यारो सिन्धुलीमा दशैँ आयो होला

ताउ खोला कमला बगी रहेकै होला

महाभारत चुरेले छाती बिछ्यायो होला

जुनारको पात हल्ली हाम्लाई डाक्दै होला

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ८:०२

RakeshKarki aa

राकेश कार्की

मेरो प्यारो सिन्धुलीमा दसैं आयो होला

ताउ खोला कमला बगी रहेकै होला

महाभारत चुरेले छाती बिछ्यायो होला

जुनारको पात हल्ली हाम्लाई डाक्दै होला

 

सिन्धुली-गढी हाम्रो ईतिहास हाम्रै जीत

सिन्धुलीय जाती हामी हाम्रो आफ्नै रीत

जन्म्यौँ हामी हुर्कियौँ सिन्धुली कै छायाँ

जाँ जाउँ जति कमाउँ त्यही माटोको माया

 

मेरो प्यारो सिन्धुलीमा दसैं आयो होला

खेतबारी काम बिसाई थकाई मार्यो होला

घर पोती नयाँ लुगा चहल पहल होला

पालैपालो लिङ्गे पिङ् हुइया मच्चियो होला

 

कामी तामाङ क्षेत्री लामा मगर गुरुङ राई

दनुवार मुसर सार्की माझी बाहुन दमाई

त्रिवेणीको दोहरीमा प्रेमको गीत गाइ

रक्षा गर प्रेम बाँड हे सिन्धुली माई

 

मेरो प्यारो सिन्धुलीमा दसैं आयो होला

लाहुर जाने जिल्लावासी घर फर्के होला

रमाइलो मुरली र मादल बज्यो होला

टिको र जमाराले जिल्लै रङ्ग्यो होला

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?