प्रेमराज मिश्र “अभीष्ट”
पोहोर परारजस्तो यसपालि,वाह वाह छैन दसैं
मुटुभरि आँगनमा नयाँ,जोस उत्साह छैन दसैं !!
बल्नुपर्थ्यो दीयो सनसनै, बज्नुपर्थ्यो शंखघण्टी
भित्रैदेखि ह्दयमा चरम,औडाहा छैन दसैं !!
जहाँ रहे पनि भन्छन्,सन्तोषं परम सुखम्
लाउँलाउँ खाउँखाउँ नौलो,चाहा छैन दसैं !!
भूकम्प र नाकावन्दी,पराकम्पन अझै जारी
झट्टै उडीहालुँ गुडीहाँलु, दवदवाछैनदसैं !!
खुशीका साथ जिउनु दसैं, सबैमा शुभ-कामना
छिमेकीले खोस्यो खुशी,कुनै निगाहा छैन दसैं !!
बन्यो जनताको संविधान, यही हो ठूलो खुशी
अर्को साल मनाउँला भो, कुनै परवाह छैन दसैं !!
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4