सलमान खान
४कार्तिक, भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दशै, तिहार र छठलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ ।
जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिनका लागि विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बुद्धि गुरुङ्गले बताए ।
दशै, तिहार र छठ पर्वलाई लिएर हामी निकै सजग छौँ एसपी गुरुङ्गले अनलाइनखबरसगँ भने जिल्लाको शान्ति सुरक्षाका लागि हामीले कुनै कसर बाकी राख्दैनौँ ।
सुरक्षा ब्यावस्था अन्र्तगत जिल्लाको मुख्य मुख्य चोकहरुमा पिकेट खटाई २४ घण्टा नै प्रहरी तैनाथ रहने, नगर तथा बढी भिडभाड हुने स्थानहरुमा पैदल गस्ती परिचालन गर्ने, मोबाईल गस्ती परिचालन गर्ने, विभिन्न स्थानमा अचानक सुरक्षा चेकजाँच गरिने एसपी गुरुङ्गले बताए ।
उनका अनुसार यस्तै क्विक रिस्पोन्स टिम (क्युआरटी) को टोली (तत्काल सहयोगको लागि मोटरसाइकल टोली), विभिन्न स्थानमा सिसिटिभी क्यामराले समेत निगरानि राखिने लगायतको सुरक्षा ब्यावस्था रहेको छ ।
चाडवाडको समयमा मानिसको बढी भिडभाड हुने स्थानमा अपराधीले अनुकुल समय पारी घटना घटाउन सक्ने भएकोले त्यस्ता घटनालाई न्युनिकरण गर्न क्युआरटी परिचालन गरिएको हो ।
उनले जिल्लाको चारै तिर कडा सुरक्षा व्यवस्था रहने भएको कारण प्रहरीले घटनाको खबर पाएको १० मिनेट भित्र घटनास्थलमा पुग्ने दावी गरे ।
यसैगरी बिशेष सुरक्षा ब्यावस्था अन्र्तगत राजमार्गका चल्ने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी ईत्यादी नहुन दिनका लागि हतियार सहित प्रहरी खटाइएको रुपन्देहीका प्रहरी नायब उवरीक्षक -डिएसपी) रामेश्वर कार्कीले बताए ।
यस्तै उनले रुपन्देहीको मणिग्राम बाट जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको बताए । प्रहरीले उनीहरुको साथबाट ४४ हजार रुपैयाँ समेत बरामद गरेको छ । रुपन्देही प्रहरीको प्रवक्ता समेत रहेको डिएसपी कार्कीले कुनै पनि बेला कसैलाई प्रहरीको सहयोग चाहिएमा रुपन्देही प्रहरीको मोबाइल नम्बर ९८५७०९०६२२, ०७१५२०२०० वा १०० नम्बर सम्पर्क गर्न सर्वसाधरणलाई आग्रह गरेका छन्
प्रतिक्रिया 4