+
+
Shares

दसैंमा सुनसान बनेका बजारमा चहलपहल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १०:३४

८ कात्तिक, गुल्मी । दसैंमा सुनसान बनेको गुल्मीको सदरमुकाम तम्घास बजारमा चहल पहल शुरु भएको छ ।

दसैं मनाउनका लागि मानिसहरु गाउँ गएर सुनसा नबनेकेा सदरमुकाम तम्घास बजारमा आईतवार बिहानैदेखि चहल पहल शुरु भएको हो ।

दसैं मान्न गएकाहरु पुन कर्मथलोमा फर्किने क्रम शुरु भएकाले आईतवार बिहानैदेखि सदरमुकाम तम्घास बजारमा चहल पहल बढेको हो । बिहानैदेखि सदरमुकाम तम्घासका पसलहरु पनि खुलेका छन ।

आईतबार बिहानै गाँउबाट फर्किने मानिसहरुले गर्दा ग्रामिण क्षेत्रबाट आउने सवारीका साधनहरुमा पनि मानिसहरुको भिडभाड देखिएको छ ।

यता भारतले गरेको अघोषित नाकाबन्दीका करण पेट्रोलियम पदार्थ अभावले जसरी तसरी दसैंमा घर आएर फकिर्नेहरुले ठुलो समस्या भोगेर आफ्नो कर्मथलोमा लागेका छन । उनीहरुले सवारीका साधनहरुमा महहरुले ठुलो समस्या भोगेर आफ्नो कर्मथलोमा लागेका छन ।

उनीहरुले सवारीका साधनहरुमा महङ्गो भाडा तिरेर र जोखिम पूर्ण यात्रा गर्न समेत बाध्य भएका छन । भारतले गरेकेा नाकाबन्दीका कारण देशमा पेट्रोलियम पर्दाथ अभाव भएकाले लामो सयमदेखि गुल्मी जिल्लामा यातायातका साधनहरु सहज रुपमा सञ्चालनमा नआउदाँ दसैंमा घर आएर फकिर्नेहरुले समस्या भोग्नु परेको छ । डिजल पेट्रोल अभावले बिभिन्न यातायात ब्यवसायी समितीहरुले सड्कमा यातयातका साधहरु पयाप्त छुटाउन नसकेको बताएका छन ।

यातायात ब्यवसायी समितीहरुले गुल्मीबाट बुटवल काठमाडौ, लगायत जिल्लाका ग्रामिण क्षेत्रमा पयाप्त यातायातका साधनहरु छुटाउन सकेका छैनन ।

शिबलाल सुबेदीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?