रामप्रसाद ढुंगेल
दुबई । वैदेशिक रोजगारीको सिलसिलामायूएई आएका नेपालीहरुले हिन्दूहरुको महान् चाड दसैं विभिन्नकार्यक्रमहरु गरेर मनाएका छन् । विजयादशमीको दिनविहीबारदेखि नै साइतको टीका, जमरा र आशीर्वाद थाप्ने क्रम सुरु भएको दुबईमाशुक्रबारे बिदाकादिन दसैंको माहोलदुबईका सबै इमिरेटसमा बढेको थियो । अधिकांश नेपालीहरुले दशमीको दिन छुट्टी नपाएपनिशुक्रबारकादिनआफन्त, साथीभाइतथाविभिन्न सामाजिक तथा व्यावसायिक व्यक्तित्वका हातबाट टीका, जमरा थापीआशीर्वाद लिँदै दसैं मनाएका छन् ।
मोरङका रविरमण अधिकारी र अमृतासिग्देल अधिकारीले अबुधाबीमाआफ्नै आमा/सासूको हातबाट टीका थापेको बताए । भिजिट भिसामा एक साताअघि यूएई आएकीआफ्नै आमाको हातबाट टीका, जमरा तथाआशीर्वाद थाप्नपाउँदा अधिकारी दम्पत्तिले यसपालिको दसैं अन्य दसैंहरु भन्दा विषेश रहेको बताए ।
विगत २ वर्षदेखि सारजामा बसिरेहेकी झापा शिवगन्जकी पूजा कार्कीले आफ्नै दाइको हातबाट टीका थापिन् भने उनकी छोरी दियाले शुक्रबारे बिदामादुबईको जाबिलपार्कको एक कार्यक्रममानाचेर यसपालिको दसैं मनाएको कारण रमाइलो भएको बताइन् ।
बाग्लुङका रामकृष्ण क्षेत्रीले रासअल खेमामा १८ जना नेपाली साथीहरुका साथ एक जनाभारतीय सहकर्मीका साथखसी काटी आपसमा रमाइलो गरी दसैं मनाएको बताए । छुटेटी नमिले पनि साथीहरु मिलेर दसैं मनाउँदा रमाइलो लागेको सोही समूहका काठमाडौंका सुजन मगरले बताए ।
अलऐनको एक क्याम्पम पनि खसी काटी मिठोमसिनो खाएर दर्सै मनाएको बताए सिन्धुलीका कृष्ण भट्राईले । सोही समूहका उमेरका हिसाबले अलि परिपक्व बुटबलका चीरन्जीवी पौडेलले सबैलाई टीका लगाई आशीर्वाद दिँदै आपसमाखुसी साटेर दसैं मनाएको पोखराका सूर्य सुवेदीले जानकारी दिएका छन् ।
फुजेरामाकार्यरत काठमाडौंका रोजकिरण श्रेष्ठले टीका लगाउननपाउँदादुःखलागेको बताए । दसैंको महत्वपूर्ण दिनमापनिबिदानपाउँदाको तनावमा टुच्च लाउँदै दसैं मनाएको बताउने श्रेष्ठले भने, ‘परदेशमा दसैं तिहार नआएकै जाति ।’
शुक्रबारे बिदामा जताततै दसैं
शुक्रबारे सार्वजनिक बिदामा दुबई दसैंमय देखिन्थ्यो । विभिन्न सामाजिक संस्थााहरुले दसैंको अवसर पारेर टीका, जमरा लगाउँदै साँस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गरी दसैं मनाएका छन् । यस क्रममा राजनीतिक संघसंस्थाहरु पनि दसैं मनाउन अग्रणी देखिए । नेपाली जनप्रगतिशील मोर्चा यूएईले २३ तारिखका दिन दुबईको जाबिलपार्कमा दसैंको अवसरमा शुभकामना आदानप्रदानकासाथ हाजिरी जवाफ प्रतियोगिता, दोहोरी गीततथा नृत्यको कार्यक्रम गरी मनाएको कार्यक्रमका संयोजकनारायण बोहोराले बताए ।
कार्यक्रममा सामूहिक टीका तथाजमरा लगाउने कार्यक्रमको आयोजना पनि गरिएको मोर्चाका अध्यक्ष कासी काफ्लेले बताए । उत्तम बिकतथा हरि नेपालीबाट संचालित कार्यक्रम निकै रमझमपूर्ण र सफल रहेको कार्यक्रमका आयोजकमध्ये एक रामप्रसाद गौडेलले जानकारी दिएका छन् ।
यूएईमाभर्खरै स्थापितभएपनि जनमुखी कार्यक्रमहरु गरिरहेको नेपाली समूदाय यूएईले पनि जाबिलपार्कमा सामूहिक टीका तथाजमरा ग्रहण कार्यक्रम आयोजना गरेको संयोजक रघुनाथ ढुगेलले जानकारी दिएका छन् । कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथमा मिठामिठा नेपाली परिकारका साथ माजलपानकार्यक्रम आयोजना गरिएको थियो ।
स्याङ्जा, अर्घाखाँची, लगायत यूएईमा क्रिशालील जिल्ला तथा क्षेत्रीय स्तरका सामाजिक संस्थाहरुले दसैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरी दसैं मनाएका छन् । श्री कृष्ण प्रणामी युवा परिषद्, दुबई शाखाले पनि एक कार्यक्रमको आयोजना गरी दसैं मनाएको छ ।
बाग्लुङ सेवा समाजको राक क्षेत्रीय समितिले राकका सबैभन्दाअग्लो पहाडमा पिकनिक कार्यक्रम गरी दसैं उल्लासमय तरिकाले मनाएको केन्द्रीय अध्यक्ष पिताम्बर पाण्डेले बताएका छन् ।
यसैबीच यूएईको सबैभन्दा पुरानो संस्था नेपाली समाजले आगामी ३० अक्टोबरमा जाबिलपार्क दुबईमा भब्यशुभकामना कार्यक्रमको आयोजना गरेको छ । विभिन्न खेलकुद, नाचगान, खानपिन, सम्मानतथा पुरस्कार वितरण कार्यक्रमका साथ भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजना गरिएको समाजका कोषाध्यक्ष नरेन्द्र गिरीले बताए । त्यसको एक सातापछि पनि पाल्लाली समाज, यूएईले दसैं तथातिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।



प्रतिक्रिया 4