Comments Add Comment

नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित

Ex PLA comandar Pasang becomes Vice President Of Nepal 650 (3)

१४ कात्तिक, काठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् ।

सत्तारुढ गठवन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।

संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले पुन उपराष्ट्रपति निर्वाचित भएको घोषणा गरिन् ।

संसदमा मत परिणाम घोषणा हुँदै गर्दा उनी दर्शक दिर्घाको भीअाइपी कक्षमा बसेका थिए ।
संसदमा मत परिणाम घोषणा हुँदै गर्दा उनी दर्शक दिर्घाको भीअाइपी कक्षमा बसेका थिए ।

उपराष्ट्रपति निर्वाचितमा नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४७ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।

मधेसी मोर्चासहितका केही दलले निर्वाचन प्रक्रियामा सहभागिता जनाएनन् । मधेसी मोर्चाले उपराष्ट्रपति चुनाव पनि बहिस्कार गरेको थियो ।

Ex PLA comandar Pasang becomes Vice President Of Nepal (4)

Ex PLA comandar Pasang becomes Vice President Of Nepal (3)

Ex PLA comandar Pasang becomes Vice President Of Nepal (5)

Ex PLA comandar Pasang becomes Vice President Of Nepal (1)

New Vice President Pasang At Prachanda Niwas (1)
उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आफ्नो निवासमा स्वागत गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड

New Vice President Pasang At Prachanda Niwas (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment