News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते र जोखिममा परेकाको आज बिहानदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।
- प्राधिकरणको बैठकले घाइतेलाई सुरुमा धुन्चे र विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
- गम्भीर घाइतेलाई तत्काल काठमाडौँ ल्याउने तयारी छ भने राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित ब्यारेकतर्फ पठाउन थालिएको छ।
११ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ ।
यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4