+
+
Shares

सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले एक हप्ताको तलब बाढी पीडितलाई दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।
  • एक हप्ताको तलब बराबरको रकम संकलन गर्दा झन्डै १५ लाख रुपैयाँ सहयोग हुने नगरपालिकाले जनाएको छ ।

१० भदौ, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।

भोटेकोशी-त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठूलो भौतिक तथा मानवीय भएकोमा दु:ख व्यक्त गर्दै सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनःस्थापनाका लागि रकम दिने निर्णय गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालको अध्यक्षतामा बसेको बैठकले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा ऐक्यबद्धता जनाउँदै यो निर्णय गरेको हो ।

कर्मचारीको एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए ।

नगरपालिकाको प्रशासकीय कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थालगायत मातहतका कार्यालयमा कार्यरत १६८ जना कर्मचारीहरूबाट उक्त रकम संकलन गरी सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका आइटी प्रमुख विशाल महतले बताए । १६८ कर्मचारीले एक हप्ताको तलब बराबरको रकम सहयोग गर्दा झन्डै १५ लाख रुपैयाँ सहयोग हुने भएको छ ।

नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै बाढीका कारण घरबारविहीन, प्रभावित तथा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायबाट तत्काल प्रभावकारी राहत, उद्धार तथा पुनःस्थापनाको कार्य अघि बढाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?