२९ कात्तिक, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतका काठमाडौं दुग्ध आयोजना बालाजुका असिस्टेन्ट एक्सटेन्सन अपिसर दिपेन्द्र कुमार शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको एसकेआरजी कलेज सीतामणी, एबीबीआर युनिर्भसिटी भारतबाट सन् २००३ सालमा बीएससी उतिर्ण भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएको अख्तियारले जनाएको छ ।
‘निजले पेश गरेको शैक्षिक प्रमाण्पत्र नक्कली देखिन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ द्धारा परिभाषित कसुर गरेको पुष्टि हुन आएको हुँदा निज उपर सजाय हुन मागदाबी लिई विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4