+

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले

२०८२ चैत  १८ गते १५:५४ २०८२ चैत १८ गते १५:५४
भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले

१८ चैत, काठमाडौं । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेले पाएका छन् । बालरोग विशेषज्ञ डा. बगाले स्वास्थ्य सेवा अन्तर्गत ११औँ तहमा कार्यरत छन् ।

यसभन्दा अगाडि भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. कृष्ण प्रसाद पौडेल रहेका थिए । उनी १०‍औँ तहका कर्मचारी रहेका थिए ।

डा. बगाले गण्डकीको प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन् । दुई महिनाअघि डा. युवानिधि बसौलाले गण्डकी प्रदेश सचिवको जिम्मेवारी पाएपछि डा. बगालले स्वास्थ्य मन्त्रालयमा काजमा थिए ।

भरतपुर अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय