Comments Add Comment

जाडो याममा हुने सिओपिडी र यसबाट बच्ने उपाय

डा. प्रशान्त त्रिपाठी

मंसिर महिना आरम्भ भएसँगै नेपालमा जाडो बढेको छ । यो मौसममा विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीका समस्याहरु धेरै हुने गर्दछ । जसका कारणले सिओपिडी रोगीहरु अस्पताल भर्नाहुने क्रम बढेको छ ।

Dr-Prasanta-Tripathiखानपानमा सजगता नअपनाउने र धेरै चिसो ठाँउमा बस्दा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र बिभिन्न बिषाणु र जिवाणु (ब्याक्टेरिया र भाइरस ) ले आक्रमण गर्दछन् । बृद्ध बृद्धाहरु भने सिओपिडिको बढी जोखिममा रहने गर्दछन् ।

सिओपिडी-क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज खास गरी लामो समयसम्म धुमपान गर्ने मानिसहरुमा बढि देखिने गर्छ । नेपालको परिबेशमा भने भान्सामा दाउरा बाल्ने चुल्होबाट निस्कने धुवाँमा लामो समयसम्म बस्नेहरुलाई खासगरी महिलाहरुलाई यो रोगले बढी सताउने गरेको छ ।

सिओपिडी भएका बिरामीहरुमा खोकी लाग्ने ,दम बढ्ने,खकार निस्कने, घ्यार घ्यार हुने, शरीर कमजोर हुने,खान मन नलाग्ने,जिउ दुख्ने र अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुने लगायतका मुख्य लक्षण र चिन्हहरु देखिन्छ । लामो समयदेखी सिओपिडी भएका बिरामीहरुमा सिओपिडीको कारणले मुटुमा समेत असर पार्न सक्छ जसलाई चिकित्साको भाषामा कर-पल्मोनेल भनिन्छ ।

सिओपिडी बाट बच्न धुमपान पटक्कै गर्नु हुँदैन । भइसकेको अवस्थामा चिसोबाट जोगिनुपर्छ र चिसो मौसममा भाइरस तथा ब्याक्टेरियाहरुको संक्रमण भइ रुघाखोकी लाग्ने र न्यूमोनिया हुने समेत सम्भावना रहन्छ यसबाट पनि जोगिनुपर्छ ।

सिओपिडी भएका बिरामीहरुलाई रुघाखोकी, निमोनिया लगायतका संक्रमणहरु भएमा दम बढ्ने शरिरमा अक्सिजनको मात्रा कम हुने र बिशाक्त कार्बन डाइअक्साईडको मात्रा बढीहुनगई जटिल अवस्था सृजना गराउदछ । यस्ता बिरामीहरुलाई सघन उपचार कक्ष आइसीयूमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।

नेपालको परिप्रेक्षमा हेर्ने हो भने सिओपिडी बयश्क र बृद्धबृद्धामा देखीने रोगहरुमध्ये सबैभन्दा बढी देखीने रोग हो । यो रोग नेपालमा धेरै जनाको मृत्यू र अशक्तताको कारण समेत भएको छ । यतिमात्र नभएर यस रोगका कारण न्यून आय भएका नेपालीहरुमा थप आर्थिक भार ब्यहोर्नुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ ।

सिओपिडीको उपचारको कुरा गर्दा नेपालमा रहेका अस्पतालहरु र नेपाली चिकित्सकहरु यसको निदान र उपचारका लागि उत्तिकै दक्ष तथा अनुभवि रहेका छन् ।

फेरीपनि सिओपिडीबाट जोगिने मुख्य उपाय धुमपान नगर्नु र धुमपान गरिआएको छ भने त्यसलाई तत्काल त्याग्नु पर्छ ।  सिओपिडीका लक्षणहरु देखा परेमा तुरुन्त चिकित्सकसँग परामर्शगरी उपचार शुरु गर्नुपर्छ । यसको उपचार बिधिमा मुख्यगरी स्वासप्रश्वासको नली फुकाउने औषधि(ब्रोङ्को डाइलरेटर्स)हरु दिने,स्टेरोइडहरु दिने गरिन्छ । कतिपय बिरामीहरुमा यस रोगको कारणलेगर्दा शरिरमा अक्सिजनको मात्रा आउनाले घरमापनि अक्सिजन लिएर बस्नुपर्ने अवस्था आउछ ।

उपचारका क्रममा बिरामीहरुले छातिको संक्रमण कम गराउनको लागि न्यूमोकोकल तथा इन्फ्यूएन्जाको खोप समेत लगाउनु अपरिहार्य हुन्छ ।

सिओपिडीको बारेमा सामाजिक चेतनास्तर अत्यन्त न्यून भएकाले बिभिन्न चेतनामूलक कार्यक्रमहरु सरकारी स्तरमा संचालन गर्ने तथा धुमपान नियन्त्रण कार्यक्रमहरु समेत अघि बढाउनुपर्ने हुन्छ । धुमपान त्याग्नका लागि सहज बनाउने निकोटिन चुइङ्गम तथा निकोटिन प्याचहरु सहज रुपमा उपलब्ध गराउनु पर्ने हुन्छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालमा सिओपिडीको उपचार गर्ने देहका उत्कृष्ट अस्पतालहरु मध्ये एक हो । सिओपिडी उपचारकालागि आवश्यक सम्पूर्ण पुर्वाधारहरु र अत्याधुनिक उपकरण, दक्ष तथा अनुभवि चिकित्सक र नर्सिङ स्टाफहरु रहेकाले यस अस्पतालले बिरामीहरुलाई बिश्वस्तरिय सेवा दिन सफल भएको छ ।

(लेखक डा. त्रिपाठी रजिष्ट्रर इन्टरनल मेडिसिन,आइसियू तथा पल्मनोलोजी बिभाग, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment