गजल
काउछोलाई आफ्नै ठान्नु पर्ने दिन आए
गोमनलाई मित मान्नु पर्ने दिनु आए ।
हतियार, बम, भाला, चेन चम्कँदैछन्
परिवर्तन भनी जान्नु पर्ने दिन आए ।
आफ्नै घरमा आगो लगाई न्यानो ताप्नेलाई
मित्रै भयौ भनी अँगाल्नु पर्ने दिन आए ।
रातै खोज्छन् धमिलोमा माछा मार्नेहरू
ढुङ्गे युगमा जीवन धान्नु पर्ने दिन आए ।
खाद्य-वस्तु, औषधि र अक्सिजन छेक्छन्
‘मानव हित हो यो’ भन्नु पर्ने दिन आए ।
‘लेन्डुप’ हुन लाज छैन, प्रतिस्पर्धा चल्छ
दियो निभाउनेलाई हान्नु पर्ने दिन आए ।
-भागवत आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4