Comments Add Comment

‘मेरी बास्सै’को अवस्था सरकार र मधेसवादी दलको वार्ता जस्तै’ : धुर्मुस

dhurmus
नेपाल टेलिभिजनबाट प्रशारण भैरहेका चर्चित हाँस्य सिरियलहरु अहिले धमाधम बन्द भैरहेका छन् । केही सिरियलले चर्चा पाइरहेका छन् भने केहीको भने प्रशारण नै बन्द भैसकेको अवस्था छ । ‘तितो सत्य’ बन्द भइसकेको अवस्था हो भने ‘जिरे खुर्सानी’ पनि यही अवस्थामा छ ।

अर्की चर्चित सिरियल ‘मेरी बास्सै’ पनि जसोतसो चलिरहेको छ । हाल यो सिरियलको छायांकन भैरहेको निर्देशक तथा कलाकार सिताराम कट्टेलले जानकारी दिए । उनले भने-‘हामीले निरन्तर रिपिट भाग प्रशारण गरेका छैनौ । दसैंमा रिपिट भएको थियो । हामी जसोतसो चलिरहेका छौ ।’

मिडिया हबसँग नयाँ संझौता भएको हो भन्ने प्रश्नमा उनले भने-‘कुनै पनि संझौता भएको छैन । हाम्रो र मिडियो हबको स्थिती अहिले सरकार र मधेसवादी दलको वार्ता जस्तै भएको छ ।’ उनले पूर्व जाने बसका ड्राइभरले हेलमेट लगाएर गाडी चलाए जस्तै गरि यो सिरियल चलिरहेको बताए । ‘कुन बेला कर्फुयु लाग्छ, कुन बेला ढुङ्गामुढा हुन्छ थाहा नै छैन’, कट्टेलले भने ।

यही अवस्था रहेको खण्डमा ‘मेरी बास्सै’ पनि बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाई छ । मिडिया हब अहिले संकटमा छ । यसैले पनि कुनै समय आफूहरुलाई साथ दिएको मिडिया हबलाई अहिले साथ दिइरहेको सितारामको भनाई छ ।

उनले अनलाइनखबरसँग भने-‘सहज भएको अवस्थामा मिडिया हबले गरेको योगदान संझदै हामीहरुले काम गरिरहेका छौ । अवस्था एकदमै गम्भिर छ ।’ सितारामले पुरानै अवस्थामा मिडिया हब जाने आशाका साथ काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment