Comments Add Comment

भारतका गोर्खालीलाई नेपाली नठान्न पवन चाम्लिङको आग्रह

९ मंसिर, काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भारतमा आफूहरुलाई विदेशीका रुपमा हेर्ने गरिएको गुनासो पोखेका छन् । देहरादूनमा खलङ्गा युद्धको द्विशताब्दी कार्यक्रममा बोल्दै चाम्लिङले भारतमा रहेका गोर्खा समुदायको पहिचान संकटमा रहेको उल्लेख गरे ।

pawan Chamling‘अहिले पनि भारतका आम नागरिकले गोर्खाहरुलाई विदेशी भनेर सम्वोधन गर्नमा गर्व अनुभव गर्छन्,’ चाम्लिङले भने, ‘गोर्खालीहरुको चिनारीको मुद्दा राष्ट्रिय मुद्दा हो र यसलाई राष्ट्रिय स्तरमा नै समाधान गर्नुपर्छ ।’

चालिङले संसदमा धेरै गोर्खा सांसदहरु रहेको अवस्थामा पनि किन पहिचानको मुद्दा राष्ट्रिय मुद्दा बन्न सक्दैन भन्दै प्रश्न गरेका थिए ।

मुख्यमन्त्री चाम्लिङले गोरखाल्याण्ड राज्यले मात्रै सबै समस्या समाधान नहुने भन्दै यसका लागि केन्द्र सरकारले मात्रै सक्ने बताएको सिक्किमबाट निस्कने हिमालय दर्पण दैनिकमा उल्लेख छ । मुख्यमन्त्री चाम्लिङले नेपाली समुदाय शिक्षित बन्नुपर्ने, व्यापार गर्नुपर्ने र अन्य जातिलाई पनि रोजगारी दिनुपर्नेमा समेत जोड दिएका थिए ।

असामका गभर्नरलाई नेपाल जान चेतावनी

यसैवीच भारतीय समाजवादी पार्टीका नेता आजम खानले असामका गर्भनर पीबी आचार्यलाई अल्पसंख्यक समुदायसित बस्न कुनै समस्या भए नेपाल जान चेतावनी दिएका छन् ।

आसाममा भइरहेको राजनीतिक खिचातानीसँगै एकले अर्कालाई देश छाडेर अन्त जान चेतावनी दिने क्रम बढेको छ ।

गभर्नर आचार्यलाई खानले भनेका छन्- ‘हामी पाकिस्तान जानुभन्दा कब्रस्तान (चिहान) मा जान तयार हुन्छौं, हामीलाई चिहानको व्यवस्था गर । यदि गभर्नरलाई हामीसित बस्न अप्ठेरो लागेको भए उनी नेपाल जान सक्छन्, उनका लागि नेपालको ढोका खुला छ ।’

यसअघि गभर्नर आचार्यले ‘मुस्लिमहरु पाकिस्तान वा बंगलादेश लगायत जहाँसुकै जान स्वतन्त्र रहेको’ अभिव्यक्ति दिएका थिए । त्यसैको जवाफमा खानले आचार्यलाई नेपाल जान सुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment