Comments Add Comment

पेट्रोल ल्याएको भन्दै आन्दोलनकारीले युवकलाई जिउँदै जलाए

१० मंसिर, विराटनगर । मधेसी मोर्चाका कार्याकर्ताले मोरङको भातिगछ-२ मा एक व्यक्तिलाई पेट्रोल खन्याएर जिउँदै जलाउने प्रयास गरेका छन् ।

Bablu-Rajbanshi,-Morangमोर्चाका कार्यकर्ताले भातिगछ-७ का २८ वर्षीय बब्लु राजवंशीले भारतीय बजारबाट ल्याएको पेट्रोल उनकै शरिरमा खन्याइदिएर आगो लगाइदिएका हुन् ।

उनको शरीरको आधा भाग जलेको छ । उनको छाती र खुट्टामा जलेको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पताल प्राथमिक उपचार गरेर उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

राजवर्शी सिमावर्ती भारतमा किनेको १५ लिटर पेट्रोल जर्किनमा राखेर उनी मोरङको खोर्साने तर्फ जाँदै थिए । ‘बन्दकर्ताले भातिगाछ २ मा राजवंशीलाई रोकेर पेट्रोल खोसे र शरीरमा खन्याइदिएर आगो लगाइदिए’ बब्लुका भाइ रञ्जितकुमार राजवंशीले भने ।

रन्जितका अनुसार उनीहरुको आफन्तको खोर्सानेमा रहेको मोटरसाइकल ग्यारेजका लागि उनले को १ प २४५० नम्वरको मोटरसाइकलमा पेट्रोल राखी लैजाँदै थिए ।  मोर्चामा आवद्ध स्थानीय अजय सिंह, जुगेश्वर मुखिया र जितेन्द्र मुखियाले बन्दमा पेट्रोल लान पाइँदैन भन्दै रोकेपछि केहीबेर विवाद भएको थियो ।

मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले घटनामा अजय सिंह, जुगेश्वर मुखिया र जितेन्द्र मुखिया संलग्न रहेको जानकारी दिए ।

उनीहरु फरार छन् । फरार भएका तीनै जनाको खोजी कार्य तिव्र बनाइएको उनले जानकारी दिए ।

मधेसी मोर्चाले भने स्थानीय युवाहरुको बीचमा भएको झगडा भएको बताएको छ । मोर्चामा आवद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने-‘घटनाबारे हामीले अन्तरिक अनुसन्धान गरिरहेका छौं ।’

यस्ता घटनाले मधेसी मोर्चाको आन्दोलनलाई बदनाम गराउने भन्दै घटनामा संलग्नहरुलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन आग्रह गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment