+
+

माधव नेपाललाई भेट्न बादल कोटेश्वरमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १४:५८

४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थाप नेता नेपाललाई भेट्न पुगेका हुन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?