+
+
Shares

नेपाली बजारमा आइपुग्यो ‘आइफोन सिक्स एस’ र ‘सिक्स एस प्लस’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ११ गते १८:१३

११ मंसिर, काठमाडौं । आइफोनका पछिल्ला संस्करण ‘सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा आइपुगेका छन् । एप्पलका उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले शुक्रबारदेखि आइफोनका नयाँ संस्करण बिक्री गर्न थालेको हो ।

iPhone 6 Plus‘दशैं अगाडि नै ल्याउने तयारीमा थियौं तर नाकाबन्दीका कारण बजार बन्द भएकाले केही ढिला भयो,’ जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले भने, ‘नाकाबन्दी नभएको भए बिश्वबजारमा सार्वजनिक भएको एक महिनाभित्र नेपालमा बिक्रि सुरु हुने थियो ।’

सबै आइफोनमा एक वर्षको स्ट्यान्डर्ड एप्पल वारेन्टी दिइएको कम्पनीले जनाएको छ । यी दुबै किसमका सेटहरु रोज गोल्ड, गोल्ड र स्पेस ग्रे कलरमा नेपाली बजारमा आएका छन् ।

१६ जीबी, ६४ जीबी र १ सय २८ जीबी क्षमतामा आइफोन नेपाली बजारमा आएका हुन् ।

कति पर्छ मूल्य ?

१६ जीबी क्षमताको सिक्स एसको मूल्य ९० हजार पाँचसय ५० रुपैयाँ तोकिएको छ ।

६४ जीबीको आइफोनको मूल्य १ लाख ८ हजार पाँचसय ५० र १२८ जीबीको मूल्य १ लाख २० हजार पाँच सय ५० पर्ने जेननेक्स्ट कम्युनिकेशनले जानकारी दिएको छ ।

यसैगरी १६ जीबीको एसप्लसको १ लाख ८ हजार पाँच सय ५० रुपैयाँ, ६४ जीबीको १ लाख २२ हजार पाँच सय ५० रुपैयाँ तोकिएको छ ।

१२८ जीबीको एसप्लका लागि नेपाली ग्राहकले १ लाख ३३ हजार पाँच सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

नयाँ सिरिजका आइफोनको खरिदका लागि एप्पलका खुद्रा विक्रेताहरु ओलिज स्टोर, सोनु मोबाइल्स, फ्युचर वल्र्ड र इभो स्टोरका काठमाण्डौस्थित सोरुममा जानुपर्ने छ । ओलिज स्टोरले भने अनलाइन बुकिङ र डेलिभरि सेवा उपलब्ध गराउँदै आएको छ ।

जेनक्स्टले आइफोन किन्ने ग्राहकलाई फाइनान्स सुविधा पनि दिएको छ । नेपाल इन्भेन्ष्टमेन्ट, नबिल, हिमालयन र एनएमबी बैंकबाट ग्राहकले फाइनान्स सुविधा लिन सक्नेछन् ।

एनसेलसँगको सहकार्यमा आइफोन खरीद गर्ने ग्राहकलाई विषेश सुविधाहरु पनि दिइएको छ । सबै आइफोन खरिदमा १० हजार रुपैयाँ बराबरको अग्रीम एनसेल बोनस उपलब्ध हुने छ ।

यस्तै आइफोन खरिद गर्ने एनसेलका पि्र-पेड र पोष्ट-पेड ग्राहकका लागि पनि विभिन्न अफरहरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?