Comments Add Comment

मधेस आन्दोलन भारतको समर्थनमाः सुजाता

sujata-koirala

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतको समर्थनमा मधेस आन्दोलन भइरहेको दाबी गरेकी छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेतृ कोइरालाले भनिन्-‘कांग्रेस र एमालेसहितका ठूला दलले गरेको आन्दोलन त उठ्न चार वर्ष लाग्यो भने अहिले मधेसीले भन्ने वित्तिकै आन्दोलन भयो भन्ने मलाई विश्वास लाग्दैन । भारतको समर्थन विना यसरी आन्दोलन चर्किँदैन ।’

राजेन्द्र महतोले कुनै पनि कुरामा भारतसँग सल्लाह गरेर मात्रै गर्छौं भनेर भन्नु र आफूलाई कार्यकर्ताले भारतीयहरु आन्दोलन गर्न धमाधम आएको भनेर जानकारी दिएको भन्दै कोइरालाले यसमा भारतको समर्थन रहेको बताइन् ।

अहिले नै सीमांकन टुंग्याएर समस्या समाधान नहुने उनले बताइन् । साथै कोइरालाले सुनसरी र मोरङ टुक्राए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् । उनले भनिन्-‘सुनसरी मोरङका जनताले हामी टुक्रिँदैनौं, दुई नम्बर प्रदेशमा जान्नौ भनेका छन । त्यो भए ठूलो आन्दोलन हुन्छ ।’

कांग्रेसले दर्ता गराएको संशोधन प्रस्ताव अगाडि बढाएपछि मधेसी मोर्चाको आन्दोलन रोकिन्छ कि रोकिँदैन, नाकाबन्दी खुल्छ कि खुल्दैन भन्ने कुरा महत्वपूर्ण हुने भन्दै कांग्रेस नेतृ कोइरालाले सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment