+
+
Shares

आर्थिक सहायताका नाममा सरकारले तीन अर्ब बाँड्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते ७:४८

१२ मंसिर, काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा दुई वर्षमा तीन अर्ब बाँडेको छ । सरकारले छुट्याएको रकम भने चार महिनामै सकिएको थियो ।

nepali-noteआर्थिक वर्ष ०७२/७२ का लागि छुट्याइएको आर्थिक सहायता रकम चार महिनामै सकिएको छ । अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालका अनुसार चालु वर्षका लागि २० करोड छुट्याईएकोमा १९ करोड खर्च भइसकेको छ ।

आर्थिक सहायताका नाममा विभिन्न संघ संस्थाका वाषिर्कोत्सव, सम्मेलनलगायतका कार्यक्रमका लागि राज्यकोषबाट हरेक वर्ष करोडौं रकम खर्च भइरहेको छ ।

मन्त्रीहरुले आफ्नो खल्तीबाट नाम निकाली मन्त्रिपरिषदबाट पारित गराई आर्थिक सहायता रकम वितरण गर्दै आएको नयाँ पत्रिकामा खबर छ ।

उपचार खर्च पाउनेमा प्रधानमन्त्री सुशील कोइरालालाई सरकारले दुई करोड साढे ५९ लाख, केपी शर्मा ओलीलाई एक करोड २६ लाख, गोविन्दराज जोशीलाई २७ लाख ८० हजार, खुमबहादुर खड्कालाई २० लाख, आदित्य दाहाललाई एक करोड २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?