+
+
Shares

भारतीय नाकाबन्दीको विरोधमा इजरायलमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते ११:५३

Isreal
इजरायल । इजरायलमा रहेका नेपालीले भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा इजरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Isreal1
आफू अनुकुलको संविधान नेपालमा जारी नभएको भन्दै भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकारको ख्याल नगरी भारतले नेपाललाई दुःख दिएको इजरायलका नेपालीहरुले बताएका छन् । भारतले तराईमा जारी आन्दोलनको गलत फाइदा उठाउँदै कूटनीतिक मर्यादा विपरीत तराई आन्दोलनको समाधान खोज्नुको साटो उल्टो समस्या लम्याएको आरोप लगाएका छन् ।

भारतको यो कदम निन्दनीय रहेको एनआरएन इजरायलका महासचिव तेञ्जिङ शेर्पाले बताए ।

Isreal2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?