
इजरायल । इजरायलमा रहेका नेपालीले भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा इजरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

आफू अनुकुलको संविधान नेपालमा जारी नभएको भन्दै भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकारको ख्याल नगरी भारतले नेपाललाई दुःख दिएको इजरायलका नेपालीहरुले बताएका छन् । भारतले तराईमा जारी आन्दोलनको गलत फाइदा उठाउँदै कूटनीतिक मर्यादा विपरीत तराई आन्दोलनको समाधान खोज्नुको साटो उल्टो समस्या लम्याएको आरोप लगाएका छन् ।
भारतको यो कदम निन्दनीय रहेको एनआरएन इजरायलका महासचिव तेञ्जिङ शेर्पाले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4