Comments Add Comment

कांग्रेसको अर्थनीति सफल भएको महतको दाबी

ramsaran mahat१२ मंसिर, इटहरी । नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले काङ्ग्रेसको खुला अर्थनीतिकै कारणले आज टेलिकम, हवाई सेवालगायत क्षेत्रमा धेरै उन्नति भएको र धेरै ठूला उद्योग चलिरहेको बताएका छन् ।

नेता महतले आज सुनसरी जिल्लाको इटहरीमा नेपाली काङ्ग्रेस २ नं क्षेत्रीय समितिले आयोजना गरेको पार्टी अन्तक्रिया कार्यक्रममा काङ्ग्रेसले अघि सारेको अर्थनीतिकै कारणले आज नेपालको अर्थतन्त्र निकै उचाइमा पुगिरहेको जिकिर गरे ।

सरकारमा सहभागी हुँदा नेकपा (एमाले)ले महत्वपूर्ण विषयमा काङ्ग्रेसलाई नसघाएर धोखा दिएकाले काङ्ग्रेस सभापति सुशील कोइरालाले पुनःप्रधानमन्त्रीमा उम्मेदवारी दिन बाध्य हुनुभएको जिकिर गरे ।

वैदेशिक व्यापार अवरोध अन्तर्राष्ट्रिय कानुन विपरीत

पूर्वअर्थमन्त्री समेत रहेका महतले वैदेशिक व्यपार अवरुद्ध पार्नु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए । नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले भारतले गरेको नाकाबन्दीले तराईको आन्दोलनलाई सहयोग पुगेको भन्दै समस्या समाधानका लागि भारतसँग वार्ता आवश्यक रहेको बताए ।

नाकाबन्दीको विषयमा चर्का भाषण गरेर हल नहुने उल्लेख गर्दै उहाँले नाकाबन्दीको विषयलाई कूटनीतिक तरिकाले अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment