+
+
Shares

शनिबारका टप १० समाचारः भारतीय दूताबासको गाडीमा आगजनीदेखि ओलीको आश्वासनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते २३:४५

आज शनिबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. भारतीय दुतावासको गाडीमा विप्लव माओवादीको आगजनी

Indian-Car1

काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी भएको छ । २२ सीडी १७ नम्बरको गाडीमा शनिबार बिहान विप्लव माओवादीका कार्यकर्ताले आगो लगाएका हुन् ।

२. यसरी पाउने भए भूकम्पपीडितले घर बनाउने २ लाख अनुदान

भूकम्प पीडितलाई घर बनाउने कामको शुरुवातका लागि तत्काल ५० हजार रुपैयाँ बैंक खाताबिनै दिइने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले करीव २४ अर्ब रुपैयाँ स्थानीय विकास मन्त्रालयमार्फत पठाउने अर्थमन्त्री बिष्णु पौडेलले बताए ।

. प्रचण्ड दस्तावेज लेख्दै, असन्तुष्टहरु मोर्चा कस्दै

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मंसिर १५ गतेदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्ताबेज लेख्न व्यस्त छन् । प्रचण्डको लाइनसँग असन्तुष्ट नेताहरुचाँहि नयाँ मोर्चा कस्ने तयारीमा जुटेका छन् ।

४. नयाँ बानेश्वरका प्रदर्शनकारीको प्रश्नः सरकार कहाँ छ ?

मधेस आन्दोलनलाई सम्बोधन गर्न माग गर्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । नागरिक सञ्जालको ब्यानरमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए ।

५. मधेसी गठवन्धनका कार्यकर्ताले कांग्रेसको कार्यक्रम बिथोल्दै झण्डा जलाए

मधेस आन्दोलनको समर्थनमा शनिवार वीरगञ्जमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रम संघीय समावेशी मधेसी गठवन्धनले नै बिथोलेका छन् । मधेसी दलका नेता कार्यकर्ताले कांग्रेस कार्यकर्ताले बोकेको कांग्रेसको झण्डा र ब्यानर खोसेर जलाएका छन् ।

६. गोरेबहादुर खपाङ्गीको उपचारमा सघाउने ओलीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री तथा आदिवासी जनजाति अधिकारका अभियन्ता गोरेबहादुर खपांगीको उपचारमा राज्यले सघाउने आश्वासन दिएका छन् ।दुई वर्षदेखि अचेत अवस्थामा रहेका खपाङ्गीको अवस्थाबारे सञ्चारमन्त्री शेरधन राईले अवगत गराएपछि प्रधानमन्त्री खपाङ्गीको ललितपुरस्थित डेरामै पुगेका हुन् ।

७. जेपी-शरदसिंह गठबन्धनको ९ बुँदे माग: मधेसमा दुई प्रदेश

जेपी गुप्तासहितको संघीय समावेशी मधेसी गठवन्धनले मधेसमा दुई प्रदेशसहित नौ बुँदे माग अघि सारेको छ ।वीरगञ्जमा पत्रकार सम्मेलन गरेर गठवन्धनले तराई मधेसको समस्या समाधानका लागि राज्य उदासीन भएको आरोपसमेत लगाएको छ ।

८. सुवास नेम्वाङले लिम्बु नेतालाई भने- ९ जिल्ला माग्नेलाई १४ जिल्ला दिएँ, नाम आफैं लेख्नोस्’

इलामको निर्वाचन क्षेत्र नं. २ मा पर्ने चुलाचुली-१ कमलभन्ने ठाउँमा विहीबार संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन र संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङबीच जम्काभेट भयो । र, रोचक जुहारी चल्यो ।

९. २५ हजार रुपैयाँ खर्चनुस्, लोडसेडिङ घटाउनुस्

इन्धन अभाव चर्किँदै गर्दा लोडसेडिङ बढ्दो छ । यो लोडसेडिङले ग्रामीणदेखि शहरी क्षेत्रसम्मका बासिन्दा प्रभावित छन् । गाउँमा भन्दा शहरमा लोडेडिङले बढी मार पारेको छ । तर, यो लोडसेडिङको अँध्यारो हटाउन सानो लगानी गरेर सोलार बाल्दा पुग्छ भन्ने धेरैलाई थाहा छैन ।

१०. नाकाबन्दीको विरोधमा क्यानडामा विरोध प्रदर्शन (फोटो फिचरसहित)

नेपालमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा क्यानडामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । क्यानाडामा रहेका नेपालीले टाेरोन्टोमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।

र, यो पनि

छोरीको ब्वाइफ्रेन्डलाई आमाले उछिट्याएपछि…

म्यारी समर्स यस्ती आमा हुन् जसले आफ्नी छोरीको ब्वाइफ्रेन्ड खोसिन् र विवाह गर्न ठिक्क परेकी छिन् । यद्यपि, छोरीलाई देखाई-देखाई विहे गर्ने उनको इच्छा भने उनको पूरा हुने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?