+
+
Shares

करिश्मा कपुरको सम्बन्ध विच्छेदमा पनि समस्या

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १४:१३

karisma-and-sanjaya-kapoor
सन् २००३ मा बिबाह बन्धनमा बाँधिएकी बलिउड नायिका करिश्मा कपुरको सम्बन्ध विच्छेदमा पनि समस्या देखिएको छ । पति संजय कपुरले शर्त बमोजिम काम नगरेपछि सम्बन्ध विच्छेदमा पनि समस्या उत्पन्न भएको हो ।

सम्बन्ध विच्छेद आपसी सहमतीमा हुने भन्दै अदालतमा मुद्दा परेपनि अब त्यस्तो नहुने देखिएको छ । संजयले करिश्मालाई दिने भनेको सम्पत्ती नदिएपछि करिश्मा कडा रुपमा प्रस्तुत हुने भएकी हुन् ।

संजय र करिश्माको सम्बन्ध विच्छेदलाई बलिउडकै सवैभन्दा महंगो मानिएको थियो । संजयले आफ्नो वाचा पुरा नगरेपछि करिश्माले नयाँ मुद्दा दर्ता गरेकी छिन् । जसमा उनले सहमती भन्दा पहिला गरिएको अपिल फिर्ता लिएकी छिन् ।

अदालतमा दुई जनाविच आरोप-प्रत्यारोप चलिरहेको छ । २ सन्तानका अभिभावक करिश्मा र संजयविचको सम्बन्ध विच्छेदको घटनाले बलिउडमा लामो समयदेखि चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?