Comments Add Comment

राप्रपा नेपालको महामन्त्रीमा लिङ्देन र राणा नियुक्त

१३ मंसिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई जनालाई पार्टीको महामन्त्रीमा नियुक्त गरेका छन् । झापाका राजेन्द्र लिङ्देन र बाँकेका डा. धवलसमशेर राणालाई महामन्त्री पदमा नियुक्त गरेका हुन् ।

Rajendra-Lingden-and-Dhabalचन्द्रबहादुर गुरुङको निधनपछि राप्रपा नेपालमा महामन्त्री पद रिक्त थियो ।

पार्टी अध्यक्ष थापाले पार्टीको विधान बमोजिम लिङ्देन र राणालाई रिक्त रहेको महामन्त्री पदमा मनोनयन गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राणा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालाको निकटतम प्रतिद्वन्द्वी हुन् । यसैगरी लिङ्देन कांग्रेस महामन्त्री कृष्ण सिटौलाको निकटतम प्रतिद्वन्द्वी हुन् । उनी राप्रपा नेपालको पूर्वाञ्चल संयोजकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment