+
+
Shares

दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिरालो नवनौं: प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते १८:२५

Kp-Oli

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गर्नुपर्ने समय आएको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्द प्रधानमन्त्रीले भने, “भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो व्यवहारमा सुधार ल्याउनुपर्छ, दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिरालाको प्रवृत्ति अन्त्य नभएसम्म भ्रष्टाचार कम गर्न गाह्रो हुन्छ ।’

नेपालमा भ्रष्टाचारविरुद्धको चेत पृथ्वीनारायण शाहको पालादेखि नै आए पनि अझै कम हुन नसकेको भन्दै उनले जसरी पैसा कमाए पनि पैसा हुनेलाई मान सम्मान गर्ने सामाजिक परम्परा तोड्नुपर्ने बताए ।

भ्रष्टाचारलाई अन्त्यका लागि सामाजिक जागरण ल्याउनु पर्नेमा उनको जोड थियो । भ्रष्टाचार नियन्त्रणका संस्था राजनीतिक अस्त्रका रुपमा प्रयोग हुन नहुने र कानुनी व्यवस्थालाई सहीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने प्रधानमन्त्रीले बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले नीतिगत, कानुनी र संरचना भए पनि कार्यान्वयनमा समस्या भएकाले भ्रष्टाचार कम हुन नसकेको बताए । “सरकारका वार्षिक दस्तावेजमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ राखिएको छ, संविधानसभाबाट जारी भएको संविधानमा पनि सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिइएकाले अब कार्यान्वयनमा जोड दिइनुपर्छ”–उनले भने ।

मुख्यसचिव डा सोमलाल सुवेदीले भ्रष्टाचार विरुद्धको महासन्धिको व्यवस्था लागू गराउनका लागि कार्ययोजना बनाएर अघि बढ्न लागिएको जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घले सन् २००३ देखि यो दिवस मनाउन सुरु गरेको हो । दिवसमा यस वर्षको नारा ‘भ्रष्टाचारको जालो तोडौँ’ रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?