+
+
Shares

इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते ११:५८

१४ फागुन, काठमाडौं । भारतका प्रधनमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सय मिलियन अर्थात १० करोड फलोअर्सको आंकडा पार गरेका छन् । उनी यो प्लेटफर्ममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बनेका छन् ।

न्युज एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदले सन् २०१४ मा इन्स्टाग्राम ‘ज्वाइन’ गरेका थिए । पछिल्लो एक दशकमा उनको अकाउन्ट विश्वका नेताहरूको बीचमा सबैभन्दा बढी सक्रिय र लोकप्रिय डिजिटल प्लेटफर्म मध्ये एक बनेको छ ।

प्रमुख वैश्विक नेताहरूमा अब भारतीय प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स छन् । यो प्लेटफर्ममा उनका फलोअर्सको संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा दुई गुणा बढी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?