+
+
Shares

भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग मध्य पूर्वको गम्भीर स्थितिबारे टेलिफोन कुराकानी गरेका छन्।
  • मोदीले अमेरिकाअनि इजरायल र इरानबीच बढेको तनाव र आम नागरिकको मृत्युप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
  • उनले भारतीय नागरिकको सुरक्षा र ऊर्जाको बिना रोकटोक आयात–निर्यात भारतको पहिलो प्राथमिकता भएको बताएका छन्।

२९ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् इरानका राष्ट्रपति मसुदसँग भएको कुराकानीकाबारेमा जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘क्षेत्र (मध्य पूर्व) को गम्भीर स्थितिबारे मैले इरानका राष्ट्रपति डा. मसुद पेजेश्कियानसँग कुराकानी गरेको छु ।’

अमेरिका–इजरायल र इरानबीच बढेको तनाव, आम नागरिकको मृत्यु र संरचनाहरूमा पुगेको क्षतिप्रति आफूले गहिरो चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।

‘भारतीय नागरिकको सुरक्षा, सामान र ऊर्जाको बिना रोकटोक आयात–निर्यात भारतको सबैभन्दा ठूलो र पहिलो प्राथमिकता हो,’ मोदीले भनेका छन्, ‘शान्ति र स्थिरताप्रति भारतको प्रतिबद्धता हामीले फेरि दोहोर्‍याएका छौं । साथै वार्ता र कूटनीतिका माध्यमबाट समस्याको समाधान निकाल्न अपील गरेका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?