News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई शुभकामना दिएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेका छन् भने उनीहरुले एआई भिडियोमार्फत भ्रम फैलाएको आरोप छ।
- बालेन्द्र शाह झापा–५ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।
२० फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।
उनीहरुले एआई भिडियोमार्फत मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाएको आरोप छ ।
बालेन झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4