Comments Add Comment

ह्वाट्सएपका प्रयोगकर्ता १ अर्ब पुगे

whatsapp

दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल नेटवर्किंग साइट फेसबुकको स्वामित्वमा रहेको मोबाइल मेसेजिंग सर्भिस ह्वाट्सएप प्रयोग गर्ने प्रयोगकर्ताहरुको संख्या एक अर्ब पुगेको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले यो कुराको घोषणा गरेका छन् ।

जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन् : ह्वाट्सएप प्रयोग गर्ने मानिसहरुको संख्या १ अर्ब भएको छ । यस्ता केहीमात्र सेवाहरु छन् जसले एक अर्ब मानिसलाई जोड्दछन् । यो कोशेढुंगा विश्वलाई एकसाथ जोड्ने दिशामा एक महत्वपूर्ण कदम हो । ह्वाट्सएपमा हरेक दिन ४२ अर्ब सन्देश पठाइन्छ । जसमा १ अर्ब ६० करोड तस्वीर तथा २५ करोड भिडियो समेत सामेल हुन्छन् ।

जुकरबर्गले आफ्नो फेसबुक पेजमा अगाडि  लेख्छन्: फेसबुकबाट जोडिएपछि ह्वाट्सएपबाट जोडिने मानिसको समदाय दुइगुणा भएको छ ।हामीले मानिसहरुलाई टाढा टाढा रहेका पि्रयजनसँग जोडिने मौका प्रदान गर्दछौँ । साथै जुकरबर्गले ह्वाट्सएपमार्फत विश्वका धेरै भन्दा धेरै मानिसलाई जोड्ने दिशामा काम गरिरहेको पनि बाएका छन् । साथै ह्वाट्सएपलार्य व्यापारका लागि समेत सहज बनाउने कोसिसमा लागिरहेको जानकारी उनले दिएका छन् ।

युक्रेनबाट बसाइ सरेर अमेरिकामा आइ बसेका जेन कूम तथा ब्रायन एक्टनले सन् २००९ मा ह्वाट्सएप सुरु गरेका थिए । फेसबुकले सन् २०१४ मा १९ अर्ब डलर तिरेर ह्वाट्सएप खरीद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment