+
+
Shares

वीरगञ्ज नाकाको अवरोध हट्यो, स्थानीयले धर्नाकारीको पाल जलाइदिए

२२ माघ, वीरगञ्ज । रक्सौल-वीरगञ्जको मितेरी पुलको अवरोध शुक्रबार मध्याहृनबाट हटेको छ ।

मधेसी मोर्चाका धर्नाकारीहरुले टाँगेको पाल स्थानीयबासी र ब्यवसायीहरुले जलाइदिएका छन् भने बाटो छेक्न राखिएको ढाट हटाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २२ गते १४:०२

Birganj-Vansar-ma-tanab

फाइल फोटो

२२ माघ, वीरगञ्ज । रक्सौल-वीरगञ्जको मितेरी पुलको अवरोध शुक्रबार मध्याहृनबाट हटेको छ । मधेसी मोर्चाका धर्नाकारीहरुले टाँगेको पाल स्थानीयबासी र ब्यवसायीहरुले जलाइदिएका छन् भने बाटो छेक्न राखिएको ढाट हटाएका छन् ।

मधेसी मोर्चाका नेताहरुले नै वीरगञ्ज नाकाको अवरोध हट्ने बताइरहेका बेला अवरोध हटेको हो ।  अहिले केही साना सवारी साधनहरुको आवत जावत सुरु भएको छ ।

भन्सार अधिकारीहरुका अनुसार रक्सौलमा भन्सार पास भएका रोकिएका सवारी साधनहरु छैनन् । एक भन्सार अधिकारीले अनलाइनखबरसँग भने-मितेरी पुलमा रहेको अवरोध त हटेको छ । तर, भारतीय भन्सारले जाँच पास गर्छ कि गर्दैन हेर्नुपर्छ । त्यसपछि मात्र नाकाबन्दी खुलेको हो कि होइन भन्न सकिन्छ ।’

उनका अनुसार मधेसी मोर्चाले पनि के गर्छ भन्ने हेर्नु पर्ने हुन्छ । यसअघि अघिल्लो शुक्रबार पनि केही गाडि आएका थिए । साढे ५ महिनामा पहिलो पटक गाडि आएपनि लगतै मधेसी मोर्चाका धर्नाकारीले अवरुद्ध पारेका थिए ।

यो पटक भने मधेसी मोर्चाले नाकाको धर्ना फिर्ता लिनेबारे केन्द्रमा छलफल गरिरहेको छ र, कार्यकर्ता पनि केन्द्रको निर्णय कुरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?