१२ फागुन, गुल्मी । गुल्मीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा जिल्लाका १४५ वटै मतदानकेन्द्रमा स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको ‘हेल्प डेक्स’ राखिने भएको छ ।
यसपटक मतदाताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
मंगलबार तम्घासमा आयोजित कार्यक्रममा प्रजिअ गैह्रेले मतदानका क्रममा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रत्येक मतदान केन्द्रमा स्वास्थ्य सहयोग उपलब्ध गराइने जानकारी दिए ।
उनका अनुसार भिडका कारण हुने असहजता लगायतका समस्या देखिए तत्काल उपचार गर्न सकिने गरी तयारी मिलाइएको छ । उनले यो अभ्यास आगामी निर्वाचनहरूका लागि समेत उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4