Comments Add Comment

मोदीमाथि लाग्यो अण्डरवर्ल्ड डन दाउदलाई भेटेको आरोप

nawaz sharif and Narendra modi२४ माघ, काठमाडौं । भारत उत्तर प्रदेश सरकारका एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अण्डरवल्ड डन दाउद इब्राहिमलाई भेटेको आरोप लगाएका छन् ।

मन्त्री आजम खानले पाकिस्तान भ्रमणका क्रममा मोदीले दाउदलाई भेटेको दाबी गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण विवादमा आएरहने मन्त्री खानले भने, प्रधानमन्त्रीले अन्तराष्ट्रिय कानुन उल्लंघन गरेर अतानक पाकिस्तानको भ्रमण गरे । उनले त्यहाँ दाउदलाई पनि भेटेका छन् । उनलाई अस्वीकार गर्न दिनुस्, म प्रमाण दिन्छु ।’

आजम खानको दाबी छ कि २५ डिसेम्बरमा मोदी पाकिस्तानमा जाँदा उनले नवाज शरीफ, उनीकी आमा र छोरीलाई भेटे र, त्यसबेला शरीफको घरमा दाउद पनि थिए ।

केन्द्र सरकारका एक प्रवक्ताले आजम खानको दाबी आधारहीन भएको बताएका छन् । भाजपाले भने उत्तर प्रदेशका मुख्यमन्त्री अपखलेख यादवसँग आजम खानलाई बर्खास्त गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment