Comments Add Comment

बेलायतमा इमोजन आँधीको चेतावनी

uk strom

२५ माघ, काठमाडौं । मौसमविदहरुले बेलायतका विभिन्न भागमा चक्रवर्ती आँधी इमोजनको कारण तीव्र हावा चल्ने र भारी वर्षा हुने चेतावनी दिएका छन् ।

आँधीले दक्षिण पश्चिम इंग्ल्याण्ड र दक्षिण वेल्समा सबैभन्दा बढी प्रभावित हुने आशंका छ ।

मौसम विभागले सम्भावित स्थितिको सामानाका लागि तयार रहन भनेको छ । खासगरी तटीय इलाकामा सर्तकता अपनाउन आग्रह गरिएको बीबीसीले जनाएको छ ।

आँधीका कारण सडकका साथै रेल यातायात अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ । यद्यपि अपराहृनपछि भने आाधीको असर कम हुादै जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment