Comments Add Comment

साम्दे शेर्पा स्मृति पुरस्कारबाट मह जोडी सम्मानित

Samde-Sherpa-Puraskar-bata-Maha-Jodi-Sammanit

२५ माघ, काठमाडौं । चर्चित हास्यकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको साम्दे शेर्पा स्मृति पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले राजधानीमा आयोजित एक समरोहकावीच मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई सम्मान गरेका हुन् ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षयकोषवाट अन्य विद्यामा समेत पुरस्कार वितरण गरिएको जनाएको छ ।

साम्दे शेर्पा प्रतिभा पुरस्कारबाट हास्यकलाकार मनोज गजुरेल सम्मानित भएका छन् । अर्को पुरस्कार पासाङ टी शेर्पालाई प्रदान गरिएको केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

मह जोडीलाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगदको साथमा ट्रफी छ भने अन्यलाई १०१११ रुपैयाँका साथमा ट्रफी प्रदान गरिएको छ ।

हस्याकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको कोषबाट कलाकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment