Comments Add Comment

‘प्रेमगीत’को प्रिमियरमा हिरोको प्रशंसा, छायांकन र संगीतले पायो तारिफ

pradip and puja
बुधबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा चिनिएका अनुहारहरुको बाक्लो भीड लाग्यो । बेलुकीको ५ नबज्दै सुरु भएको चहलपहल चलचित्र ‘प्रेमगीत’का लागि थियो ।

गीतसंगीतका कारणले चर्चामा रहेको यो चलचित्र हेर्न चलचित्रकर्मी, पत्रकारदेखि अन्य अतिथी आतुर देखिए । रेड कार्पेटमा देखिएको कलाकारको आगमनले प्रिमियरलाई ग्ल्यामर र रंगिन बनाइदियो ।

‘मेरो एउटा साथी छ’ पछि निर्देशक सुदर्शन थापा लभस्टोरी बिषयको निर्देशनमा फर्किएको चलचित्र हेरेका चलचित्रकर्मीले बताए । चलचित्रका नायक प्रदिप खड्काले सर्वाधिक धेरै तारिफ पाए ।

उनको फेरिएको लुक्स र कामलाई तारिफ धेरैले गरेका थिए । प्रदिप चलचित्र क्षेत्रमा संभावित नायकको रुपमा उदाउने पक्का छ । तर, यसका लागि उनले आफूलाई अझ निखार्न जरुरी छ ।

चलचित्रका लागि अर्को नायक बने, छायांकार राजेश श्रेष्ठ । नेपालमै यती राम्रा दृश्य छन् भन्ने कुरालाई राजेशले आफ्नो क्यामेराबाट देखाइदिएका छन् । संगीतकार अर्जुन पोख्रेल त चलचित्र चल्नु अगावै नायक बनिसकेका थिए, चलचित्र हेरेपछि उनको प्रशंसा नगर्ने कोही  थिएनन् । कोरियोग्राफर रेनशा वान्तवा राइको कामले पनि तारिफ पाएको छ ।

चलचित्रका अर्का नायक बने, निर्माता सन्तोष सेन । उनले दिल खोलेर लगानी नगरिदिएको भए संभवत चलचित्रको क्यानभास यती बिशाल बन्ने थिएन । उनले ‘प्रेमगीत’मा  दिल खोलेर पैसा खर्च गरेका छन्, जसले चलचित्र प्रशंसित हुनुमा महत्वपूर्ण भूमिका खेल्यो ।

निर्देशक सुदर्शन थापाले यूवापुस्तालाई लक्षित गरेर चलचित्र बनाएका छन् । प्रेम दिवसमा रिलिज हुने यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment