Comments Add Comment

पेप्सीकोलामा पाँच वर्षीया बालिका ‘बलात्कृत’

४ फागुन, काठमाडौं । पेप्सिकोलामा पाँच वर्षीया बालिकालाई चिनजानका व्यक्तिले ‘बलात्कार’ गरेका छन् । बलात्कारको अभियोगमा प्रहरीले २५ वर्षीय विमल थापामगरलाई पक्राउ गरेको छ ।

rapedओखलढुंगा घर भई पेप्सीकोलामा बस्ने निम्नवर्गीय परिवारकी पाँच वर्षकी बालिका बलात्कारको शिकार भएकी हुन् । उनका बाबुआमाले पेप्सीकोला टाउनप्लानिङमा रहेको एक स्कुलमा क्याटिन चलाउँदै आएका छन् ।

पीडित बालिकाकी आमाले क्यान्टिनमा नियमित रुपमा खाना खान आउने बिमलले छोरीलाई विद्यालयको कम्पाउन्डभित्रै बलात्कार गरेको बताइन् ।

उनका अनुसार विद्यालयको ग्यारेजभित्र पार्क गरिरहेको बसको पछाडि लुकेर उनले सो हर्कत गरेका थिए । ‘सँधै खाना खान आउँथ्यो र मेरा छोराछोरीलाई आफ्नै जसरी माया गथ्र्यो’ उनले अनलाइखबरसित भनिन् ।

स्कुल नजिकै रहेको प्राइभेट अफिसमा गार्ड काम गर्ने विमल सँधै जस्तो शनिबार बेलुकी ७ बजे क्यान्टिनमा खाना खान आएका थिए । खाना खाएर उनी बालिकालाई खेलाउन थाले ।

विद्यालयका पाले पनि क्यान्टिनमै आएका थिए । बेलुकी करिब आठ बजेतिर बिमलले ग्यारेजतर्फ लिएर गए र आफूलाई मोबाइल देखाएर अश्लिल क्रियाकलाप गरेको बालिकाले बताएकी छिन् ।

ब्ाालिकाले घटनाबारे भोलिपल्ट आफ्नो सानो दाइलाई भनेकी थिइन् । दाइले बाबुआमालाई सुनाएपछि उनीहरुले छोरीसित सोधपुछ गरे र पेप्सीकोलामै रहेको मदरल्याण्ड हस्पिटल लगे ।

तर, अस्पतालले स्वास्थ्य परिक्षणका लागि प्रहरीको मुचुल्का चाहिने बतायो । त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिए । प्रहरीले उनलाई पक्राउ गरी तीनकुनेमा राखेको छ ।

तीनकुने वृत्तका डिएसपि नारायणप्रसाद चिमोरियाले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले अनलाइनखबरसित भने, ‘परिवारको उजुरीका आधारमा पीडकलाई पक्राउ गरिएको छ । अस्पतालको रिपोर्ट आउन बाँकी छ । तर, घटनाको प्रकृति र पीडितको बयानका आधारमा बलात्कार भएको हुन सक्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment