Comments Add Comment

भेनेजुएलामा अब सातामा ५ दिन विदा, २ दिन काम गरे पुग्ने

Power-Crisis

१५ वैशाख, काठमाडौं ।भेनेजुएलाका सरकारी कर्मचारीहरुले अब सातामा पाँच दिन विदा पाउने भएका छन् । अब दुई दिन मात्र काम गरे पुग्नेछ ।

त्यहाँको सरकारले सरकारी कर्मचारीहरुले दुई दिन मात्र काम गर्ने तत्कालीन नियम लागू गरेको छ । इन्धन संकट टार्न सरकारले तत्काल सातामा पाँच दिन विदा दिन लागेको हो ।

उपराष्ट्रपतिले अब सरकारी कर्मचारीहरु सातामा दुई दिन सोमबार र मंगलबार मात्र कार्यालय आउने घोषणा गरे । उनका अनुसार यो व्यवस्था इन्धन संकट नहटेसम्म कायम रहनेछ ।

एल निन्यो मौसमी प्रक्रियाका कारण पानी कम परेकाले भेनेजुएला अहिले चरम इन्धन संकटमा छ । उसको प्रमुख हाइड्रोइलेक्टि्रक ड्याममा नाटकीय रुपमा पानी घटेको छ ।

तर, विपक्षीले भने कर्मचारीलाई विदा दिने सरकारी निर्णयको आलोचना गरेका छन् ।

भेजेनुएलाका राष्ट्रपति निकोलस मुदुरोले यसअघि नै २.८ मिलियन कर्मचारीलाई अपि्रल र मे मा शुक्रबार पनि विदा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment