Comments Add Comment

निसिमुरा कप अन्तर्राष्ट्रिय करातेमा नेपाललाई तीन पदक

karate

१५ वैशाख, काठमाडौं । फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक जितेको छ ।

नेपालले १ रजत र २ कांस्यसहित ३ पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ । पुरुष खुल्ला तौलसमूहमा सिमोन खत्रीले नेपाललाई रजत दिलाए । पुरुषकै ४५-५० केजीमा विकबहादुर थामी र ५०-५५ केजीमा मोहन तामाङले कांस्य जिते ।

खेलाडीसहित टोली नेता नेपाल कराते महासंघका महासचिव एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियल बुनु तामाङ मंगलबार अबेर राती स्वदेश फर्किएका छन् । प्रतियोगिता अप्रिल २३ देखि २४ तारिखसम्म भएको थियो । त्यसअघि सिमोन र खत्रीले अपि्रल २२ मा भएको तालिममा पनि सहभागिता जनाएको बताइएको छ ।

सिमोन भने फिलिपिन्सबाटै जर्मनीको एकर्नफोर्डमा प्रस्थान गरेका छन् । उनी अपि्रल ३० तारिखमा हुने वादो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment