Comments Add Comment

‘जुनेली परियार’ बनेपछि ऋचाको यस्तो चर्चा

richa-junaliकाठमाडौं । ‘बाटो मुनीको फूल-२’ रिलिजपछि सबै भन्दा धेरै चर्चा छ नायिका ऋचा शर्माको । यस फिल्ममा जुनेली परियारको भूमिका निर्वाह गरेकी ऋचालाई उनका साथीभाइले धेरै प्रतिक्रिया दिए ।

‘तपाइको भूमिका अलि छोटो भयो’ यस्तो प्रतिक्रिया दिनेहरुले पनि अभिनय राम्रो गर्नु भएछ भन्न चाँही कन्जुस्याई गरेनन् ।

फिल्म रिलिजपछि अष्टनारायण हल गोपीकृष्णदेखि मल्टिप्लेक्समा फिल्म हेर्न आएका दर्शकसँग पनि साक्षात्कार गर्न भ्याइन् । भेट्ने सबैले ‘वाह क्या अभिनय’ भनेपछि मख्ख छिन् ।

फिल्ममा जातीय छुवाछुत बिरुद्ध ब्यापक बहस् गरिएको छ । रियलमा पनि ऋचा जातीय छुवाछुतको बिरुद्धमा छिन् । कैलालीको बाम्हण खान्दानमा जन्मिएकी ऋचालाई छुवाछुत बारे अलि अलि थाह छ । उनी सानो छँदा उनको घरमा पनि दलितलाई हेर्ने दृष्टिकोण फरक हुन्थ्यो ।

‘२० वर्ष अगाडि हाम्रोमा पनि विभेद हुन्थ्यो । तर, अहिले त्यस्तो छैन ।’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् । उनी कहिल्यै जात हेरेर संगत गर्दिनन् धेरै छन् उनका दलित साथी । भन्छिन् ‘हाम्रा साथीहरुविचमा त्यस्तो सोच नै आउदैन हामी सबै समान छौं ।’

उनका घरमा हुने पूजा आजामा समेत उनका दलित साथीहरुको सहभागी हुन्छन् अचेल । ‘पूजा सकिएपछि हजुरआमाले टिका लगाउदै आशिर्वाद दिनुहुन्छ । अहिले हाम्रोमा त्यस्तो कुनै भेदभाव छैन ।’ ऋचाले भनिन् ।

दिलिप सार्‍है रमाईलो

अहिले अमेरिकामा रहेका दिलिप रायमाझी यस फिल्ममा उनका जोडी बनेका छन् । पहिलो पटक दिलीपसँग काम गरेकी ऋचा उनको शैलिवाट निकै प्रभावित छिन् ।

‘सार्‍है सजिलो र रमाइलो मान्छे । उहाँसँग काम गर्दा काम गरे जस्तो अनुभूति नै भएन, रमाइलै रमाईलोमा दुइसाता बित्यो ।’

richa-and-dilip

दिलीप नातामा ऋचाको भिनाजु पर्छन् । अन्य कार्यक्रममा भेट भएपनि क्यामेराको एउटै फ्रेममा उनीहरुको पहिलो भेट थियो ।

पेशामा सिनियर भएपछि सबै पुस्ताका कलाकारसँग सहजै घुलमिल हुन सक्ने दिलिपको क्षमताको तारिफ गरिन् । कुनै पनि दृष्यको वारेमा छलफल हुँदा गम्भिर भएर सुन्ने दिलीपले यसलाई यसरि गरौं भन्दा कहिल्यै नाई भनेनन् । ऋचा भन्छिन् ‘यसमा यस्तो गरौं न भन्दा उहाँले कहिल्यै अब्जेक्सन गर्नु भएन भैहाल्छ नि राम्रो हुन्छ भने गरौं भन्नुहुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment