Comments Add Comment

लोमान्थाङमा तिजी पर्वको उल्लास, मुस्ताङी राजा सहभागी नहुने

TIJI-Parba-Mustang,-Photo-Mygadi-online
मुस्ताङी दरबारमा तिजी पर्व मनाइँदै । तस्वीर: म्याग्दीकाली ।

२१ वैशाख, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक सुरु भएको छ । १५ औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

लोमान्थाङ दरबारको प्रागङ्णमा सञ्चालन हुने तिजी पर्वमा पहिलो दिन विभिन्न देवी देवताको पूजापाठ गरिन्छ । अन्य दुई दिन सांस्कृतिक नृत्य प्रदर्शन हुने बताइएको छ ।

तिजी पर्वको पूर्वसन्ध्यामा लोमान्थाङ क्षेत्रमा स्थानीय आमा समूह, युवा क्लब, सरसफाइसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयोजनमा सरसफाइ गरिएको लोमान्थाङका समाजसेवी इन्द्रधारा विष्टले जानकारी दिए।

उपल्लो मुस्ताङीले आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामनासाथ तिजी पर्व मनाउने गर्दछन् । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिएको पाइएको छ ।

मुस्ताङी पूर्वराजा जिग्मे परवल विष्टले भने बिरामी रहेका कारण पर्वमा सहभागिता जनाउने छैनन् ।  पूर्वराजा विष्टलाई विगत पाँच वर्षदेखि ब्लड प्रेसर र युरिक एसिडको समस्या छ ।

यो समयलाई राजासँग स्थानीयले भेटघाट गर्ने र आफ्नो समस्यासमेत बिसाउने गर्छन् । पर्वमा लोमान्थाङ, छुसाङ, चर्राङ, सुर्खाङ, छोण्हुप र घमी गाविसका सर्वसाधारणले सहभागिता जनाउने गर्दछन् । तिजी पर्वमा रमाउन विदेशी पर्यटक पनि लोमान्थाङ पुग्ने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment